दुर्घटनामा बाबु छोरीसमेत तीन जनाको मृत्यु


बर्दिबास, भदौ ५ गते । महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित बर्दिबास औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।

दुर्घटनामा परि बर्दिबास ८ हात्तीलेटका ५५ वर्षीय बुवा उपेन्द्र महतो र उहाँकी २२ वर्षीया छोरी रविनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी बर्दिबासका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार रविनाको सोमवार साँझ ७ बजेतिर ट्रमा सेन्टर बर्दिबासमा तथा बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा मंगलवार (आज) राति २ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बर्दिबास ५ पूर्वपश्चिम लोकमार्गस्थित टुटेश्वरको जङ्गलमा भुस्सा बोकेर काठमाडाैँतर्फ जाँदै गरेको ना६ख ४६७८ नम्बरकाे ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रपुर २ पौराही राई टोलका ६६ वर्षीय कुलबहादुर राई रहेको बर्दिबास प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न चालकसहित दुवै सवारीलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया