बर्दघाट मझौनीमा आगालागी, २ घर जलेर नष्ट


फागुन ३० । 

पश्चिम नवलपरासीको बर्दघाट १३ मझौनीको हडहिया टोलमा आगालागी हुदा दुई ओटा घर जलेर नष्ट भएको छ । आज मध्यान्ह १२ बजे तिर स्थानिय शान्ती मुसहर र सुकै मुसहरको घरमा आगोलागी भएको हो । आगलागी बाट खपडाले छाएका दुवै कच्चि घर जलेर नष्ट भएको छ भने एक जना घाईते भएका छन् । आगोमा जलेर शुसिला मुसहर घाईते भएको नेपाल रेडक्रश सोसाईटि नवलपरासीका उपमन्त्री सुरज केसिले हामिलाई जानकारी दिनुभयो ।

मुसहरको दुवै हात र शरिरका विभिन्न भागमा आगोले पोलेको छ । एक्कासि लागेको आगोका कारण नगद सहित अन्नपात, लत्ताकपडा, कागजपत्र सबै जलेको छ भने खोरमा रहेका कुखुरा र केहि बाख्रा पनि मरेको केसिले बताउनुभयो । केसि सहित स्थानिय जनप्रतिनिधि लगाएत रेडक्रशको टोली उनिहरुलाई दैनिकि चलाउन केहि समाग्रि प्रदान गरेको छ । आगो स्थानियले निभाएका थिए । गर्मियाम सुरु भएसंगै आगालागि घटना बढ्ने गरेको छ ।

प्रतिक्रिया