दुई नाबालक सहित एक महिला गण्डक नहरमा बेपत्ता


नवलपरासी(बर्दघाट सुस्तापश्चिम),९ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिलाले आफ्ना दुई नाबालक छोरासहित हाम फालेर वेपत्ता हुनु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. २ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ ।
आज दिउँसो करिब दुई बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीय प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश थारु र सात वर्षीय सुमित थारुसहित नहरमा हाल फालेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरी चौकी कुडिया, ईलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयको सहयोगमा वेपत्ताहरुको खोजी कार्य भईरहेको छ ।
हाम फालेर वेपत्ता भएकी महिलाका श्रीमान हाल रोजगारीका शिलशिलामा भारतमा रहनु भएको छ । घरमा सासुसँगै बस्दै आउनु भएकी प्रतिमाले नहरमा हाल फाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी कार्य भईरहेको डिएसपी पाण्डेयले बताउनु भयो ।

प्रतिक्रिया