सिंहदरवारभित्र अचानक गाेली चल्दा…


काठमाडौं – सिंहदरबारभित्र चेकजाँचको क्रममा आज एक राउन्ड गोली फायर भएको छ ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो ।

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । ड्युटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया