झण्डै २ किलाे गाँजा सहित युवक पक्राउ


काठमाडौं – १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित उदयपुर चौदन्डीगडी नगरपालिका–४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ग.१ ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया