नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला


नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनिति गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साढे ८ बजेसम्म छिमेकीहरुसँग गफ श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएका छन् ।

प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य आफन्त कोही नभएको र घटना स्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकोले अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।

प्रतिक्रिया