मध्यविन्दुमा फेरी अर्को दुर्घटना एक जनाको मृत्यु, दुई जना घाइते


मध्यविन्दु (नवलपरासी), ८ चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका ११ मा गए राति भएको मोटर साइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
राति १ बजेको समयमा मध्यविन्दु ११ दमार चोक स्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलका अनुसार दुर्घटनामा परी घाइते मोटरसाइकल पछाडि सवार मध्यबिन्दु नगरपालिका ११ बस्ने ३० वर्षीय अनिल विकको उपचारको क्रममा आज बिहान निधन भएको हो ।


त्यसै गरी दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु ११ निवासी २५ वर्षीय अजय ठकुरी को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर बिक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।
मध्यविन्दु नगरपालिका ११ दमारमा नै बुधवार अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइतेको उपचार भई रहेको छ ।

प्रतिक्रिया