खोलामा डुवेर शिक्षकको मृत्यु


मध्यविन्दु,२९ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा डुवेर एक शिक्षकको मृत्यु भएको छ ।
देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण सुवेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।
मध्यविन्दु नगरपालिका वडा नं.१४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुवेदीको ज्यान गएको उहाँले बताउनु भयो ।
मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं. १० स्थीत जनता माध्यामिक विद्यालयका शिक्षक हुनुहुन्छ । अत्याधिक गर्मी भएपछि सुवेदी सहित स्कुलका सातजना शिक्षकहरु पौडी खेल्न खोलामा गएका थिए ।
यसैविच गत शनिवार जिल्लकै गैँडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित कालीगण्डकी नदीमा डुवेर वेपत्ता भएका २ जनामध्ये एकजनाको शव फेला परेको छ ।
नदीमा डुबेर बेपत्ता हुनुभएका चितवन रत्ननगर नगरपालिका वडा नं. १० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।
नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसेको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया