कालीगण्डकी नदीमा डुवेर दुई जना बेपत्ता


मध्यविन्दु, २७ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका ३ कालीगण्डकी नदीमा डुवेर दुई जना बेपत्ता भएका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. ३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दूई जना डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापू्र्व)का सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।
नदीमा डुवेर गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका वडा नं.२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रीय घटनाहरु बढ्न थालेका छन् ।
बेपत्ता भएका दुवैजनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र शसस्त्र प्रहरी बलको टोलि परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सुचना अधिकारी पाठकले बताउनु भयो ।

प्रतिक्रिया