इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु


१७ वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नं १४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।
इनार सफा गर्ने क्रममा अचानक इनार भासिदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।
स्थानीय चेत बहादुर भूसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उहाँले बताउनु भयो ।
इनार सफा गर्ने क्रममा अचानक इनार भासिदा थारु बेपत्ता हुनु भएको थियो । स्थानीय र प्रहरी सहितको टोलिले इनार भित्र थारुलाई साझँ मृत फेला पारेको सुचना अधिकारी पाठकले बताउनु भयो ।

प्रतिक्रिया