प्रहरी कार्यालय रुद्रपुरको आफ्नै भवन नहुदा समस्या (भिडियो सहित )
नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका ५ धौवादीमा रहेको ईलाका प्रहरी कार्यालय रुद्रपुर भाडाको टहरोमा रहदै आएको छ । वि.स.२०३२ सालमा ईलाका प्रहरी कार्यालय स्थापना भएको जिल्लाकै पुरानो प्रहरी कार्यालय भए पनि अफ्नै भवन नहुदा सेवा सञ्चालनमा कठिन भएको जनाइएको छ।
भाडामा लिइएको सानो टहरो घरमा न त शौचालय छ न त खानेपानीको उचित प्रवन्ध त्यसैले दरवन्दि भन्दा कम संख्यामा प्रहरी राखेर धौवादी क्षेत्रमा सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले वताउनु भयो ।
हुप्सेकोट गाउँपालिका वडा नम्वर ५ धौवादीमा प्रहरी कार्यालयको नाममा जग्गा भए पनि भवन निर्माणका लागि बजेट नपर्दा बर्षै देखि भाडाको टहरामा वस्नु परेको जनाइएको छ । यसैविच ईलाका प्रहरी कार्यालय रुद्रपुरको कार्यालय व्यवस्थापनका बिषयमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रज्वल महर्जले स्थलगत निरिक्षण गर्नु भएको छ ।
ईलाका प्रहरी कार्यालयलाई सहज तरिका वाट सञ्चालनका लागि गाउँपालिकाले बिशेष पहल गर्ने अध्यक्ष पाण्डेले वताउनु भयो । एैतिहासीक महत्तो बोकेको रुद्रपुर प्रहरी कार्यालय पहाडि क्षेत्रको शान्ति सुरक्षाका लागि पहिलो आधार भएकाले पनि कार्यालय सहजताका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष पाण्डेले वताउनु भयो । हुप्सेकोट गाउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पदम बहादुर रानाले धौवादीमा प्रहरीको नाममा जग्गा रहेको तर भवन नवनाउदा समस्या भएको वताउनु भयो । प्रहरी कार्यालयको भवन निर्माणका लागि वडा देखि गाउँपालिका र जिल्ला सम्म आफुहरुले पटक पटक फाइल दौडाउदा पनि ठोस पहल नदेखिएको गुनासो गर्नु भयो ।