अवैध तरिकाले ल्याएको यार्सागुम्बासहित नागढुंगाबाट युवक पक्राउ


काठमाडौं – काठमाडौंको नागढुङ्गास्थित चेक प्वाइन्टबाट प्रहरीले अवैध तरिकाले ल्याएको यार्सागुम्बा, सिलाजित र केशरी सहित एकजनालाई पक्राउ गरेको छ । जुम्ला घर भएका २४ वर्षीय तुला कामीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना.७ ख २१११ नम्बरको बसमा सवार तुलाले लुकाएर ल्याएको ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी प्रहरीले बरामद गरेको छ ।

अवैध तरिकाले ल्याएको यार्सा, केशरी र सिलाजित कारोबारीमा संलग्नलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया