नारायणगढ-मुग्लिन सडक अबरुद्ध


चितवन,साउन १४-

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । गन्तव्यमा हिडेका सवारीसाधन सडकमै रोकिएका छन् ।यसअघि शनिवारपनि सोही ठाँउमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया