नारायणी नदीमा डुबी बालक वेपत्ता


नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा डुबेर एक जना बालक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गएराति गँैडाकोट नगरपालिका ६ गैह्री बस्ने बर्ष ८ का युनिस नेपाली नारायणी नदीमा डुवेर बेपत्ता भएका हुन् ।

नेत्रबहादुर नेपालीको छोरो युनिस नेपाली गएराति ८ बजेतिर घरदेखि ५ सय मिटर पर नारायणी नदी किनारमा राखेको काठको डुंगामा साथीहरुसँग खेल्ने क्रममा डुंगाबाट चिल्पिएर नदीमा वेपत्ता भएका हुन् ।
३ जना बालकहरु डुंगामा खेलिरहेकोमा युनिस नारायणीमा डुबेर वेपत्ता भएपछि अन्य साथीहरुले घर खबर गरेका थिए । उनको आज विहान पनि खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया