बदेलको आक्रमणबाट मध्यविन्दुमा २ जना गम्भीर घाइते
मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा बदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मैनाघाट निवासी ५७ बर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी झर्ने क्रममा आज साँझ ५ बजेतिर बदेलले आक्रमण गरेको हो ।
त्यसैगरी मैनाघाटकै ४३ बर्षीय हरिकला सिंजाली मगरलाई खेतमा पानी लगाउने क्रममा बदेलले आक्रमण गरेको छ । दुवै जनाको शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुरमा रिफर गरिएको छ ।