चट्याङ लागेर कावासोतीमा एक महिलाको मृत्यु


मध्यविन्दु (नवलपरासी), १२ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका १४ अग्यौली बस्ने ४६ बर्सिया दिलकुमारी थरुनीलाई खेतमा धान रोप्ने क्रममा चट्याङ लागि मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते हुनु भएकी दिलकुमारीलाई उपचारका लागि मध्यविन्दु जिल्ल अस्पताल डण्डा ल्याइएकोमा थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो ।
स्थानीय बुद्धिराम महतोको खेतमा खेत रोप्ने क्रममा उहाँलाई चट्याङ लागेको थियो ।

प्रतिक्रिया