नवलपरासी पूर्वमा आज देखि मदिरा बिक्री गर्न निषेध


मध्यविन्दु(नवलपरासी पूर्व),२३ कात्तिक (रासस)
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षीत गरी आज देखि नवलपरासी पूर्वमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईएको छ । मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेच विखन, ओसार पसार तथा सेवनमा मंगलवार देखि निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु.पू.) द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
“जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो” प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भन्नु भयो “निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताहरुले मदिरा सेवन गरि हो हल्ला गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रिवितरण तथा सेवनका लागि निर्वाचन अवधि सम्मका लागि प्रतिबन्ध लगाइएको छ ।”
निर्वाचनलाई लक्षित गरि मदिरा बेचबिखन, ओसार पसार तथा सेवनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिई सकिएको जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया