निर्वाचित गराउने सबैलाई देउवाले दिए धन्यवाद


काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि निर्वाचित गराउने सबैमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका देउवाले समाजिक सञ्जाल ट्विटरबाट धन्यवाद दिएका हुन् ।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी भएर मलाई सभापतिमा विजयी गराउनु हुने जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलगायत सम्पूर्ण शुभचिन्तक, सहृदयी साथीहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले ट्विटमा उल्लेख गरेका छन् ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा पहिलोपटक नेपाली कांग्रेसको पार्टी सभापति भएका थिए ।

प्रतिक्रिया