कांग्रेस महाधिवेशनः झण्डै ५४ लाख उठ्याे उम्मेदवारी दस्तुर


काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनको निर्वाचन कमिटीले उम्मेदवारी दस्तुरबापत ५३ लाख बढी उठाएको छ ।भर्खरै उम्मेदवारी फिर्ता लिने समयसकिएसँगै नेपाली कांग्रेसको चुनावी मैदानमा ४९१ उम्मेदवार बाँकी रहेका छन् ।

निर्वाचन कमिटीले सभापतिको उम्मेदवार दस्तुरबापत ३० हजार रुपैयाँ तोकेको छ । ५ जना सभापतिको उम्मेदवारबाट १ लाख ५० हजार रुपैयाँ उठेको छ । त्यस्तै उपसभापतिका लागि २५ हजार रुपैयाँ तोकिएको छ । उपसभापतिमा ६ उम्मेदवार रहेका छन् ।

त्यस्तै सहमहामन्त्रीमा १९ जनाले उम्मेदवारी दिएका छन् । उपसभापतिका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यका लागि ४ सय ५५ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको छ । यसबाट केन्द्रीय सदस्यबाट मात्रै ४५ लाख ५० हजार रुपैयाँ उठेको छ ।

यसरी समग्रमा नेपाली कांग्रेसको निर्वाचनमा ४ सय ९१ उम्मेदवारबाट ५३ लाख ८० हजार रुपैयाँ उठेको छ ।

प्रतिक्रिया