फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट


पोखरा – पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीबाट ताल किनारमा रहेका रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । बैदाम प्रहरीका अनुसार आज बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको हो ।

आगलागीबाट पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । क्षतिको यकिन विवरण आउन बाँकि रहेको छ । आगलागीको कारण खुलेको छैन । आगो भने नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया