चिउरा मिलमा आगलागी हुँदा ७० लाखको क्षति


मोरङ – सुनवर्षी नगरपालिका–३ मा रहेको एउटा चिउरा मिलमा हिजो (शनिबार) राति आगलागी भएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा राति ९ः५० बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

चार कोठे भवनमा रहेको मिलमा विद्युत् सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कुनै मानवीय क्षति भने भएन । आगलागीमा मिल सञ्चालन गरिएको २ वटा कोठा, २ वटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया