आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार, एकको अवस्था गम्भिर


सोलुखुम्बु – आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना सख्त घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका-५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन् ।

मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भए पनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

मोहनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । जिल्लामा एसिड प्रहारको यो पहिलो घटना हो ।

प्रतिक्रिया