बाल क्लवको नेतृत्व देखि गाउँपालिका अध्यक्षको उम्मेद्वार सम्म के बि राना


हुने विरुवाको चिल्लो पात भने झै बाल्यकाल मै समाजसेवाप्रति समर्पित एक अनुशासित, जेहेन्दार, लगनशिल, सामाजिक अभियन्ता, बाल क्लबको सफल नेताको पहिचान बनाउन सफल युवा के बि राना । नेपालमा रहेका ७ हजार बाल क्लब स्थापनाको सूत्रधार बाल अधिकारकर्मी रानाको परिचय वहुआयामिक छ । विद्यालयको नतिजा प्रकाशनमा भएको अनियमितता र शिक्षकहरुको लापारवाही विरुद्व आवाज उठाएर सुरु भएको परिवर्तनको नाराले के बि रानालाई अहिले राजनैतिक र सामाजिक नेतृत्व दिलाएको छ । जतिवेला रानाको उमेर जम्मा ६ वर्षको थियो । आमाबाट अन्यायका विरुद्व बोल्न डराउनुहुदैन , समाज सेवामा लाग्नुपर्छ भन्ने पाठ वालापनमा सिक्नुभएका रानाको यहि विद्रोहले आफ्नै गाउमा महेन्द्र ज्योती प्राथामिक विद्यालय खुल्यो ।

१० वर्षको उमेरमा के बि रानाले पहाडी वस्तीमा ६० जना बालबालिका जम्मा गरेर सृजना बाल क्लबको स्थापना गर्नु भयो । उक्त बाल क्लबका अध्यक्ष रानाले खुल्ला मदिरा विक्री वितरण, जुवा तास खेल्न प्रतिवन्ध, छाडा सुुगुंर पाल्न नपाईने, साप्ताहिक सरसफाई कार्यक्रम, अनिवार्य विद्यालय जानुपर्ने, छोराछोरी भेदभाव गर्न नपाईने, दाईजो प्रथाको विरुद्व आन्दोलन गर्दै समाज सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । बाल क्लबमा नै रहेका बेला १३ वर्षको उमेरमा के बि रानाको नेतृत्वमा कोपिला नामक बाल भित्ते पत्रिका शुरुवात भयो । पत्रिकाको प्रधान सम्पादक रहेका रानाले पत्रिकामा प्रकाशन गरेका समाचारको प्रभावले समाजमा आएको परिवर्तनबाट प्रभावित भएर व्यवसायिक पत्रकारितामा प्रवेश गर्नु भएको हो ।

बाल्यकाल देखि नै सामाजिक अभियन्ता, परिवर्तनकारी युवाको पहिचान बनाउन सफल के बि रानाले १६ वर्षको उमेरमा ३ सय बाल क्लबका १५ हजार बालबालिकाको नेता भईसक्नु भएको थियो । नेपाल विद्यार्थी संघ पाल्ही बहुमुखी क्याम्पस ईकाई समितिको सचिवबाट औपचारिक राजनीतिक दलको संगठनमा कृयाशिल राना नेविसंघ जिल्ला सदस्य, सहसचिव, कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य, पार्टीको केन्द्रिय प्रचार विभाग सदस्य, केन्द्रिय प्रशिक्षक, पार्टीको आमन्त्रित जिल्ला सदस्य, क्षेत्रीय सदस्य, प्रशिक्षण विभाग सदस्य हुंदै हाल कांग्रेस बौदीकाली गाउंपालिकाको सभापति निर्वाचित हुनुभएको छ । त्यसैगरी आगामी स्थानीय तहको निर्वाचन २०७९ का लागि वौदीकाली गाउंपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट रानाले उम्मेद्वारी दिनु भएको छ ।

शान्ति , सुशासन, भ्रष्टाचार न्यूनीकरण, दिगो विकास, सामाजिक विकृति विरुद्व निर्भिक कलम चलाउने नेपालको एक अव्वल, निष्ठावान पत्रकार के बि रानाको अर्को परिचय हो । उहांको यो योगदानलाई कदर गर्दै अफ्रिकन देश साउथ सुडानको जातीय द्वन्द न्यूनिकरणका लागि संयुक्त राष्ट्र संघले खेलेको भूमिकाको अनुगमनका लागि नेपाल सरकारले प्रदान गरेको युएन मिसन डेलिगेट र दिगो विकासमा पु¥याएको योगदानको कदर गर्दै चीन सरकारले आफ्नो देशमा भएको सफल अभ्यास सम्बन्धी अध्यायन / अवलोकनका लागि छनौट भई सफलतापुर्वक भूमिका निर्वाह गर्नुभएको छ । नेपाल, भारत, थाईल्याण्ड लगायत विभिन्न देशमा भएका राष्ट्रिय अन्तराष्ट्रिय युवा सम्मेलनहरुमा समेत सहभागिता जनाएका रानाले नेपालको युवा नीति निर्माण गर्न सरकारलाई दवाव सृजना गर्ने तथा सहजीकरण गर्ने एक अभियन्ता समेत रहनु भएको छ । रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ । पत्रकारहरुको केन्द्रिय नेतृत्वमा समेत रहेर कार्य गर्दै आउनुभएका के बि रानाको मोफसलको पत्रकारिताको विकास र संचार गृहको प्रवर्द्धनमा ठूलो योगदान रहेको छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक, अध्यक्ष तथा प्रवन्ध निर्देशक, नवलपुर जिल्लामा रहेका सञ्चार माध्यमहरुको छाता संस्था नवलपुर मिडिया हाउस फोरमका अध्यक्ष, नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्य समिति सदस्य, १ सय शर्कल जहां १० हजार सदस्य आवद्व रहेको नेपाल जुनियर युवा रेडक्रस समिति जिल्ला कोर्डिनेटर, जिल्ला भरि रहेका उद्योगीहरुको छाता संस्था नवलपुर उद्योग संघको अध्यक्ष, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव, नेपाल पत्रकार महासंघको संघीय परिषद सदस्य, नवलपुर जिल्ला अदालतमा बाल न्याय समिति विज्ञ सदस्य, नेपाल बाल संगठन जिल्ला सचिव लगायत दर्जनौ सामाजिक संघ/संस्था रहेर कार्य गर्दै आईरहनुभएको छ ।

कल्चरल फिल्मका नायक, गायक देखि प्रशिक्षक के बि रानाको र्को परिचय हो । डेढ दशकमा २० हजारलाई प्रशिक्षण दिईसक्नुभएको छ । समाजशास्त्रमा स्नाकोत्तर, कानुनशास्त्र र ग्रामीण विकास शास्त्रमा स्नातक गरेका वहुप्रतिभाका धनी व्यक्ति रानालाई करिव ३ सय भन्दा बढी सरकारी, गैरसरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्थाले पुरस्कृत, सम्मान, अभिनन्दन, कदरपत्र तथा प्रशंसा पत्र प्रदान गरेका छन् । २००९ मा नवलपुर जेसीजको संस्थापक सचिव भएर जेसीज यात्रा शुरुवात गरेका के बि राना कार्यकारिणी उपाध्यक्ष, २०१२ मा नेपाल जेसीजले सञ्चालन गरेको जेसीआई प्रशिक्षक अफिसियल कोर्षमा उत्कृष्ट प्रशिक्षक हुनु भएको थियो । विभिन्न प्राविधिक कारण नवलपुरमा रहन नसकेपछि जेसीज अभियानलाई विस्तार गर्दै २०१५ मा देवचुली जेसीज स्थापना गर्नुभयो । संस्थापक अध्यक्ष पश्चात नेपाल जेसीजमा २ वर्ष सम्म निर्देशक पदमा रहेर कार्य गर्नुभयो ।

प्रतिक्रिया