नेकपा एमाले नवलपरासी पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित


मध्यविन्दु (नवलपरासी), २८ चैत,
नेकपा एमाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । कावासोतीमा जारी नेकपा एमाले नवलपुरको नवौँ अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले जिल्ला अध्यक्ष सहित पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज मना केसी जिसीले बताउनु भयो ।
एमाले जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
एक सय पाँच सदस्य नयाँ समिति चयनका लागि जारी अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यहरू भने टुङ्गो लाग्न बाकी रहेको छ ।
सदस्यहरूमा सर्वसम्मत गर्नका लागि बिहीबार सम्मको समय सीमा दिइएको छ ।
सोमवार देखि सुरु भएको जिल्ला अधिवेशनमा जातीय मुक्ति समाज, जनवर्गिय सङ्गठन, जिल्ला सल्लाहकार, लेखा कमिटी, ज्येष्ठ नागरिक मञ्चबाट प्रतिनिधित्व गर्दै छ सय ११ जना तथा जिल्ला कमिटी र मनोनीत गरी एक सय ४० सहित कुल सात सय ५१ जना प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया