गैँडाकोटमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा चार घाइते


नवलपरासी,१३ फागुन,
नवलपरासी(बर्दघाट सस्तापूर्व)को गैँडाकोटमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा ४ जना घाइते भएका छन् । गैँडाकोट नगरपाकिला २ भृकुटीचोक स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताउनु भयो ।
दुर्घटनामा स्कुटर चालक गैँडाकोट नगरपालिका ६ का ३३ वर्षिया किशोर गौतमको खुट्टामा चोट लागेको छ । त्यस्तै एम्बुलेन्समा सवार डाइलोसिसको बिरामी मध्यविन्दु १२ का ७५ वर्षिया मानबहादुर कुमालको अवस्था गम्भिर रहेको छ । उहाँको टाउकोमा चोट लागेको छ ।
त्यस्तै सोही एम्बुलेन्समा सवार मध्यविन्दु १२ का ४५ वर्षिया सोमबहादुर कुमालको अवस्था सामान्य रहेको छ । उनको निधारमा चोट लागेको छ ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । एम्बुलेन्स नेपाल परिवार नियोजन संघ अरुणखोलाको हो । नारायणगढबाट बर्दियातर्फ जाँदै गरेको बा. प्र. ०६००१ ख १०९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरट्याक गर्ने क्रममा बिरामी बोकेर भरतपुरतर्फ जाँदै गरेको विपरित दिशाबाट आइरहेको ग १ च ७१५२ नम्बरको एम्बुलेन्ससँग ठोकिएको थियो ।

प्रतिक्रिया