अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँ : शशाङ्क कोइराला


नवलपरासी, १८ माघ,
नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले समझदारी अनुसार माधवकुमार नेपाल अबको प्रधानमन्त्री बन्नु पर्ने बताउनु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा बिहीबार सञ्चारकर्मीहरू सँग बोल्दै नेता कोइरालाले विगतको समझदारी अनुसार अबको प्रधानमन्त्री माधवकुमार नेपाल र त्यसपछि शेरबहादुर देउवा बन्नुपर्ने बताउनु भयो ।
“पूर्व सहमतिअनुसार माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ अनि शेरबहादुर जी प्रधानमन्त्री बन्ने समझदारी हो”,उहाँले भन्नु भयो,“तर प्रचण्ड जी म्यानुप्लेट हुनु हुँदो रहेछ उहाँ प्रधानमन्त्री छाड्न तयार हुनु हुन्न ।”
वर्तमान सरकार स्पष्ट भिजन र शैली अभावले जनचाहाना अनुसारको गति लिन नसकेको समेत नेता कोइरालाले आरोप लगाउनु भयो । “प्रधानमन्त्री ज्यूले नै भनी सक्नु भएको छ कि उहाँ मन्त्रीहरू सँग सन्तुष्ट हुनुहुन्न तर यो संयुक्त सरकार भएकाले दल सँग छलफल गर्नु प¥यो”,उहाँले भन्नु भयो,“म पनि अहिलेको गतिविधि वाट सन्तुष्ट छैन, सरकारले किन गति लिएन त्यो त प्रधानमन्त्रीले जान्नु परो , स्पष्ट भिजन र शैली नभएको भएर समस्या देखिएको हो ।”
अर्को प्रसङ्गमा नेता कोइरालाले अव हुने पाटीको महासमितिको भेलामा धर्म र सङ्घीयताको पूर्ण कार्यान्वयनका विषयमा सात सय बढी प्रतिनिधिको हस्ताक्षर विषय उठाउने जानकारी दिनु भयो ।
“म धर्मका बारेमा धेरै पटक बोलिसकेको छु, सङ्घीयताका बारेमा संविधान अनुसार लेखिएका कुराहरू कार्यान्वयन गर्नु पर्छ भन्ने हाम्रो स्पष्ट कुरा हो”,उहाँले भन्नु भयो ।

प्रतिक्रिया