आगोले जलेर बालकको मृत्यु, दुई मलामी घाइते


तनहुँ, तनहुँमा आगोले जलेर एक बालकको मृत्यु भएको छ भने  अर्काे  घटनामा दुई जना मलामी गएका घाइते भएका छन् ।

ऋषिङ गाउँपालिका–६ दाउन्ने निवासी ऋषिराम थापा मगरको वर्ष ५ को नाति शिशिर थापाको शुक्रबार दिउँसो मृत्यु भएको  प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडका अनुसार टिनको छानो रहेको गोठ भित्र सुकेको पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउने क्रममा गोठमा अचानक आगो लागी बालक थापाको घटना स्थलमै मृत्यु भएको र  गोठ पूर्ण रुपमा जलेर क्षति भएको छ ।

देवघाट गाउँपालिका–२ दराईटार बस्ने बर्ष ७४ को रनबहादुर दर्लामीको शुक्रबार काल गतिले मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्परा अनुसार दोमासे परेको भनी स्थानीय जरमटार स्थित कालीगण्डकी नदी किनारमा कुशको लाशसमेत बनाई कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा अचानक आगो लाग्न गई उक्त पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर दुई जना घाइते भएका छन् ।

सोही वडाको डिगाउँ बस्ने बर्ष ५२ को नरबहादुर चितौरे, बर्ष २७ को लक्ष्मण सारू घाइते हुनु भएको प्रनाउ खाँडले बताउनुभयो । घाइते दुवै जानको  चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।

प्रतिक्रिया