न्यु कासल युनाइटेडसँग तेस्रो स्थानको लेस्टर पराजित


काठमाडाैं – इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको लेस्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेस्टर न्यु कासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

लेस्टरको मैदानमा पाहुना टोली न्यु कासलले २२ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । ७३ औं मिनेटसम्म चार गोल गरेको न्यु कासलविरुद्ध लेस्टरले त्यसपछि २ गोल फर्काएको थियो ।

२२ औं मिनेटमा जोसेफ विलओकले गोल गर्दै शुरुवात गरेका थिए । ३४ औं मिनेटमा पौल डुमेटले गोल गर्दै अग्रता दोब्बर बनाए ।त्यसपछि दोस्रो हाफमा कलुम विलसनले २ गोल गरेका थिए ।

६४ औ र ७३ औं मिनेटमा उनले लगातार २ गोल गरेपछि न्यु कासलले ४–० गोल अन्तरको अग्रता लिन सफल भयो । मार्स अलब्रिटनले जेम्स भर्डिको पासमा गोल गर्दै अग्रता ४–१ मा झारेको थियो ।

त्यसको ७ मिनेट पछि केलिची इनह्यान्चोले गोल गरेर अग्रता ४–२ मा झारेपनि हार टार्न पर्याप्त बनेन् । यो नतिजासँगै लेस्टर ६३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने विजयी भएको न्यु कासल ३९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया