२५ औं पटक सगरमाथाको शिखरमा पुगेका कामिरिताकाे नयाँ कीर्तिमान


काठमाडौं – विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको सगरमाथा आरोहणको कीर्तिमान तोडेका छन् ।

शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औं पटकको आफ्नो रेकर्ड तोडेर २५ औं पटक कायम गराएका हुन् ।

सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औं पटक सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको रुपमा नाम लेखाएका थिए ।

कामिरिताको नेतृत्वमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने क्रममा उनले चुचुरो पुगेको आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।

कीर्तिमानी आरोही शेर्पा फेरी बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको शेर्पाले बताउनुभयो ।

विभागले बाटो बनाएर चुचुरो पुग्नेलाई पनि आरोहण प्रमाणपत्र दिने गरेको छ ।

यसै महिना दुई पटक आरोहण सफल भएपछि उनी २६ औं पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र व्यक्तिको रुपमा स्थापित हुनेछन् ।

आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राखेका थिए तर कामिरिताले सन् २०२१ मा उनले २५ औं पटक आरोहण गरेपछि उनी सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा रेकर्ड राखेका छन् ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरे देखि हालसम्म धेरै आरोहण गर्ने व्यत्तिमा कामिरिताको रेकर्ड तोड्न सक्ने सम्भावना कमै देखिएको छ ।

२१ पटक भन्दा बढी आरोहण गर्ने आरोही नभएपछि कामिरिताको रेकर्ड ब्रेक हुने सम्भावना कम भएको आरोही गाइडहरुको भनाई छ ।

६८ वर्षको सगरमाथा आरोहण इतिहासमा हालसम्म ६ हजार ५०७ जनाले सगरमाथाको आरोहण गरी सकेको पर्यटन विभागको तथ्याङक छ ।

यस वर्ष ४०७ जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन् सन् २०१८ मा २६२ र सन २०१९ मा २८० जनाले सगरमाथाको आरोहण गरेको गोरखापत्रमा प्राशित समाचारमा उल्लेख छ ।

प्रतिक्रिया