फागुन १५ गते मगर दिवसमा गैंडाकोटमा सार्वजनिक बिदा


गैँडाकाेट। नवलपुरको गैंडाकोट नगरपालिकाले ४१ औं मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।४१ औं मगर दिवसको उपलक्ष्यमा फागुन १५ गतेका दिन नगरपालिकाले दिने निर्णय भएकाे हाे ।

अत्यावश्यक सेवा बाहेक नगर भित्रका सम्पुर्ण शैक्षिक संँस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिईएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनु भयो ।

उहाँका अनुसार नगरपालिकाको फागुन ४ गते बसेको कार्यपालिका बैठककोले बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया