नवलपरासी बर्दघाट सुस्ता पूर्व २ मा कांग्रेस विजयी


नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्वर २ मा गठवन्धनका तर्फ वाट कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनु भएको छ । एमालेका उम्मेदवार तिलक महत संग २ हजार २१ मतान्तरले कार्की विजयी हुनु भएको हो । गठवन्धनका उम्मेदवार बिष्णुकुमार कार्कीको पक्षमा ३६ हजार १०४ मत आउदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टिका शालिकराम न्यौपानेले ६ हजार ४४३ मत प्राप्त गर्नु भयो भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार ३२४३ मत प्राप्त गर्नु भएको छ । क्षेत्र नम्वर २ मा ८५ हजार ३९९ मत खसेको थियो । खसेको मत मध्य ३ हजार ४५१ मत बदर भएको थियो । २०७४ सालको निर्वाचनमा कांग्रेसका विष्णुकुमार कार्की एमालेका तिलक महत संग १३ सय ३३ मत अन्तरले पराजित हुनु भएको थियो ।

प्रतिक्रिया