सहयोगी भावनाका कार्की पुगे संसदमा


पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा फारकिलो मतान्तरले कांग्रेसका बिष्णुकुमार कार्की बिजयी भएका छन ।
अघिल्लो पटक आफुलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्रि( तिलक) लाई यस पटक कार्किले २ हजार भन्दा बढि मतन्तरले पछि पारेका हुन । कार्किले ३६ हजार १ सय ४ मत पाएका छन भने महतले ३४ हजार ८३ मत पाएका छन । दुबैको मतान्तर २ हजार २१ रहेको निर्वाचन कार्यालयले जनायो ।
नवनिर्वाचित कार्कि रुपन्देहिवाट पूर्वी नवलपरासी बसाइ सरेर आएको करिब ११ वर्षमा कांग्रेस संसदिय राजनितिको उच्च तहमा पुग्न सफल ब्यक्ति हुन ।
। उनले राजनितिसंगै ब्यापार ब्यबसाय गर्दै अँएका छन । उनि क्रसर र ईटटा उद्योग संचालक पनि हुन । बिपन्नका सहयोगि भनेर जिल्लामा चर्चा हुने कार्की देउवा निकट हुन । विन्नलाई आपत पर्दा खुलेर सहयोग गर्ने भनेर उनी जिल्लामा परिचित छन । ब्यक्तिगत लगानीमा सामाजिक काममा अघि सर्ने बानी भएका कार्की कांग्रेसको सकृय राजनितिमा प्रबेश गरेको ९ वर्ष भयो । सामाजिक छविका कारण यस्पटकको निर्वाचनमा उनलाई मतदाताले भर गरेको बिपक्षीहरु नै बताउछन ।
२०४८ सालपछि हाल सम्पन्न ७ वटा निर्वाचनमा यहा ५ पटक एमाले बिजयी भएको हो । ०६४ साल र यस पटक कांग्रेसका उम्मेदवार बिजयी भएका हुन । कांग्रेसले संसदिय राजनितिको गणीतमा एमालेलाई दुबै क्षेत्रमा हराउन सफल भएको बताएको छ ।
०७४ सालको प्रतिनिधि सभामा १३ सय मतान्तरले एमालेका तिलक महतसंग पराजित कार्कीले ५ वर्षपछि उनै महतलाई २ हजार भन्दा बढि मतले हराएर संसदिए राजनितिमा प्रबेश गरेका छन । बिनोद चौधरीले यो क्षेत्रमा उम्मेदवार हुन खोज्दा देउवासंगको घनिस्टताका कारण कार्किले नै टिकट ल्याउन सफल भएको भन्दै कांग्रेस कार्यकर्ताले जिल्लामा चर्चा गरेका छन ।
प्रतिनिधि सभाका दुई वटै क्षेत्रमा यहा कांग्रेस बिजयी भएको छ । क्षेत्र नम्बर १ मा कांग्रेसकै डा शशांक कोइराला बिजयी भैसकेका छन । ४ वटा प्रदेशसभा रहेको यो जिल्लामा ३ वटा प्रदेश सभामा एमाले र एउटामा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार रहेका सबै ३ वटै क्षेत्र कांग्रेस बिजयी भएको हो । यहाका ३ वटा प्रदेश सभामा माओवादी केन्द्रका २ र एकिकृत समाजवादीका एक जना गठबन्धनका उम्मेदवार थिए ।

 

प्रतिक्रिया