निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गरि छाड्छु: शशांक कोइराला


मध्यविन्दु,८ मङ्सिर (रासस)
नवलपरासी बर्दघाट सुस्ता पूर्व १ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले आफुले निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गरि छाड्ने बताउनु भएको छ । विजयी घोषणा पछि सञ्चारकर्मीहरु संग प्रतिकृयादिदै कोइरालाले अबको पाँच बर्षमा ठुला आयोजनाहरु पुरा गर्ने दावी गर्नु भयो । जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तरास्ट्रिय खेलमैदान बनाई छाड्ने उहाको दावी छ । “चार पटक जनताले यहिँ ठाउँ वाट जिताएर पठाउनु भएको छ पक्कै मेरो काम मन पराउनु भएको होल”उहाले भन्नु भयो “अब पनि जनताको विचमा नै रहेर वाकीँ काम गर्छु ।”
साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताउनु भयो । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा देखी गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उहाले भन्नु भयो ‘यो गठबन्धन पाँच बर्ष सम्म रहन्छ, हामि मिलेर काम गर्छौ ।’
युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उहाले बताउनु भएको छ । ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था छ ।’

 

प्रतिक्रिया