शशांक कोइराला लगातार चौथो पटक विजयी


विष्णुप्रसाद गौडेल,
नेपाली कांग्रेसका नेता शशांक कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट बिजयी हुनु भएको छ । निकै प्रतिस्प्रर्धाका विच कोइराला २ हजार २० मत अन्तरले विजयी हुनु भएको हो । गठवन्धनका उम्मेदवार शशांक कोइरालको पक्षमाा २७ हजार ६७ मत आउदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलको २५ हजार ४७ मत प्राप्त भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टिका राजन गौतमको पक्षमा २४ हजार ३०५ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी राट्रिय प्रजातन्त्र पार्टीका डा.मोहनीलाल भुषालले ३ हजार ४६९ मत प्राप्त गर्नु भएको छ । क्षेत्र नम्वर १ मा कुल १ लाख ३१ हजार १८१ मतदाता मध्य ८६ हजार ६७० मत खसेको थियो । खसेकाो मत मध्य ४ हजार १०३ मत बदर भएको थियो ।

प्रतिक्रिया