नवलपुर एफएमले भजन, शंखध्वनी र तिज गीत प्रतियोगिता गर्ने


भदौ ६ गते । नवलपुर एफएमले भदौ १० गते राष्ट्रिय भजन प्रतियोगिता, शंखध्वनि प्रतियोगिता र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता गर्ने भएको छ ।
श्री कृष्ण जन्माष्टमीको अवसर पारेर नवलपुर एफ एम १०४.७ मेगाहर्ज र पत्रकार तीर्थराज भुसाल स्मृति ट्रस्टको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । भजन,शंखध्वनि र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता कृष्ण जन्माष्टमी दिन भाद्र १० गते सोमबार हुदैछ ।
कला, धर्म, संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि श्री कृष्ण जन्माष्टमी उत्सव गरेर प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन गरी एफ एम का अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
एफएम को ११औँ वार्षिक उत्सवको उपलक्षमा धर्म, संस्कृति संरक्षणको लागि भजन प्रतियोगिता, सवारी दुर्घटना एवं अकालमा ज्यान गुमाउनेहरूको मोक्ष प्राप्तिको लागि शंखध्वनि प्रतियोगिता र महिला दिदिबहिनीहरुको सम्मानका लागी विद्यालय स्तरीय तिज गीत प्रतियोगिता गर्न लागिएको एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले जानकारी दिनुभयो ।
भजन प्रतियोगिता र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता समूहमा र शंखध्वनि प्रतियोगिता व्यक्तिगत रूपमा सहभागी हुन पाउने आयोजकले जनाएको छ । भजन प्रतियोगिता र शंखध्वनि प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने र तिज गीत प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाइएको छ । कार्यक्रम नवलपुर एफएमको प्राङ्गणमा हुनेछ । सहभागी हुन इच्छुक समूह र व्यक्तिले नवलपुर एफ एम मा सम्पर्क गर्न सकिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया