रोयल ‘ए’लाई थ्री बाइ थ्री बास्केटबलकाे उपाधि, प्रतिक्षा बनिन् ‘मोस्ट भेलुएबल प्लेयर’


काठमाडौं – रोयल ‘ए’ खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार च्याम्पियन बनेको छ । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयल ‘ए’ ले नेपाल प्रहरी क्लब ‘बी’ लाई ११-९ ले पराजित गर्‍यो ।

विजयी टिमका लागि प्रतिक्षा मगरले सर्वाधिक ९ अंक योगदान गरिन् । प्रतिक्षा नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित पनि बनिन् । प्रतिक्षा मगर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छी राष्ट्रिय खेलाडी पनि हुन् ।

विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतिक्षाले गिफ्ट ह्याम्पर पाइन् । विजेतालाई नेपाल बास्केटबलका महासचिव नरेन्द्र थापा, प्रतियोगिता संयोजक सुवास दर्शनलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके)को कोर्टमा भएको एकदिने प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

प्रतिक्रिया