अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव गर्दै आर्टिष्ट एसोसिएसन


काठमाडौं – दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले सन् २०२३ मा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव गर्ने तयारी सुरु गरेको छ ।

पोखरामा करिव दुई हप्ता आयोजना हुने उक्त महोत्सवमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरु प्रस्तुत गरिने दि वल्र्ड कल्चार एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले बताए ।

दि वल्र्ड कल्चार एण्ड आर्टिष्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष डम्बर बटुवाल सलिन का अनुसार यस कार्यक्रमका लागि नेपालमा हालसालै २ वटा अडिसन सम्पन्न भइसकेको छ ।

नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको साँस्कृती एक आपसमा आदन प्रदान गरि आपसी सद्भाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्राई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजक टिमले बताएको छ ।

यो कार्यक्रमका लागि विभागिय मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतका निकायहरुबाट कानूनी मान्यता लिने प्रकृया भइरहेको आयोजकले बताएको छ । यो कार्यक्रम बिग बजेट हुनेभएकोले आर्थिक व्यवस्थापन, राष्ट्रिय, अन्तराष्ट्रि कलाकारहरुको सुरक्षा तथा लजिस्टीकबा लागि समेत आयोजकले पहल गरिरहेको छ ।

दि वल्र्ड कल्चार एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनका हुजुरबुबा, बुबा देखि तिन पुस्ताले निरन्तर आयोजना गरिरहेको छ ।

प्रतिक्रिया