त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक


काठमाडाैं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।

खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो २८ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग आउँदो २९ गते खेल्ने छ ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते खेल्ने छ भने अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।
प्रतियोगिताका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् । श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया