उपत्यकामा राति ८ बजेपछि पनि गाडी चल्ने


काठमाडौं – उपत्यकामा अबदेखि राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाईने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नु पर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।

साउन २८ गतेदेखि भदौ ८ गतेसम्म पालना गरिएको उक्त आदेश भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।

रातिको समयमा मात्र सवारी साधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको आलोचना भएको थियो ।

 

प्रतिक्रिया