नारायणी नदी किनारमा महिलाको बेवारिसे शव फोला


देवचुली(नवलपरासी), १५ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको हो ।

शनिवार दिउसो नदी किनारमा महिलाको शव भेटिएको स्थानीले खबर गरे पछि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।

मोटो शरीर ,मंगोलियन अनुहारको जस्तो देखिने महिलाको शवको अहिले सम्म सनाखत नभएकाको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया