राजा राजेन्द्रको ‘आमा जननी’ सार्वजनिक(भिडियाेसहित)


काठमाडाैं – हाँस्यव्यङग्यको क्षेत्रमा अब्बल मानिने कलाकार राजा राजेन्द्र पोखरेलले ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् । मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर आमाहरुको सम्मानस्वरुप उनले यो गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ। गीतमा शब्द, संगीत र स्वर राजा राजेन्द्रकै रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् ।

गीतसँगै यसको भिडियोमा प्रयोग भएको लिफ आर्टलाई दर्शकले रुचाएका छन् । लिफ आर्टको काम बिराज भण्डारीले गरेका हुन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका हुन् ।

भिडियाेः

प्रतिक्रिया