आन्तरिक पर्यटक प्रवद्र्धन गर्न बुद्धमंगल तालमा डुङ्गा शयरको व्यवस्था


१० वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापश्चि)को बर्दघाट नगरपालिका–१२ स्थित ऐतिहासिक बुद्धमंगल तालमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि डुङ्गा शयरको व्यवस्था गरिएको छ ।
तालमा आउने पर्यटकलाई लक्षित गरि खुट्टाले चलाउने डुङ्गा सञ्चालन गरिएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
“नगरभित्रका ऐतिहासिक, धार्मिक सम्पदाहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गरि प्रर्वद्वन गर्न नगरपालिका अघि बढेको छ”उहाँले भन्नु भयो “बढ्दो शहरिकरण सँगै कोलाहल बातावरणबाट मुक्त हुन र रमणीय शान्त वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो ताल गनतव्य स्थल हुने छ । ”
आगामी बजेटमा समेत नगरभित्रका सम्पदाहरुलाई प्रदेश तथा संघीय सरकारको सहयोगमा विकासका निम्ति बजेट विनियोजन गर्न पहल गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुद्धमंगल तालको सौन्दर्यकरणका लागि नगरपालिकाले पहल गर्दै आएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले नमूना वडा बनाउने अभियान अन्र्तगत सो वडालाई रु २५ लाख विनियोजन गरेको थियो ।
सोही बजेटबाट वडाले बुद्धमंगलतालको सरसफाइ तथा सौन्दर्यकरणको कार्यलाई निरन्तर अघि बढाएको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । “अब यहाँ आउने पर्यटकहरुले डुङ्गा शयरको आनन्द लिन सक्नु हुने छ, जसले गर्दा पर्यटकको संख्या वढ्ने अपेक्षा गरेका छौँ”उपप्रमुख उपाध्ययले भन्नु भयो ।
वडाले विगतदेखि नै सो तालको सरसफाइ र पर्यावरणिय सुन्दरताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको वडाअध्यक्ष उमाशंकर चौधरीले बताउनु भयो । बर्दघाट नगर भित्र रहेको यस तालले वडा, नगर मात्रै नभएर समग्र जिल्लाको परिचय बोक्ने सम्भावना रहेको वडाअध्यक्ष चौधरीको भनाई छ ।

 

प्रतिक्रिया