कावासोतीमा शनिवार थारू भाषको चलचित्र संहातीको च्यारिटी शो हुने


थारू चलचित्र संहातीको शनिवार च्यारिटी शो हुने भएको छ । कावासोतीको गणपति फिल्महलमा थारु भाषामा निर्माण गरिएको चलचित्र पहिलो पटक च्यारिटी शो हुन लागेको हो । फिल्ममा नायकको भूमिकामा जितेन्द्र महतो र शोभा चौधरी नायिकाको भूमिकामा रहनुभएको छ ।

शनिवार साँझ ३ देखि ६ बजेसम्म च्यारिटि शो हुने फिल्मका नायक महतोले बताउनुभयो । थारू भाषाको संहातीको अर्थ नेपालीमा साथी भन्ने हुन्छ । साथीको महत्वका विषयमा र श्रीमान/श्रीमती पनि असल साथी भएर बाच्न सकिन्छ भन्ने कुरा फिल्ममा प्रस्तुत गरिएको फिल्मका नायक महतोले जानकारी दिनुभयो ।

हरिशरण चौधरी र थन बहादुर महतोको निर्माण रहेको फिल्ममा किशोर चौधरीको लेखन निर्देशन रहेको छ । फिल्ममा नवलपरासी, चितवन, जनकपुर, वीरगन्ज र राजसंस्थान जयपुरमा छायाङ्कन गरिएको छ ।

नायक महतो नवलपुरको गोछडा निवासी हुनुहुन्छ । विभिन्न म्युजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएका महतोको संहाती फिल्म दोस्रो रहेको छ ।

प्रतिक्रिया