जलन फाउन्डेसन नेपालको अध्यक्षमा अधिवक्ता बाल कृष्ण गैरे


काठमाडौ । जलन पोलाइको न्यूनीकरण गर्न जनचेतना , पीडित पक्षको उद्धार ,प्राथमिक उपचार , उपचारका लागि पहुँच र  ब्यबस्थापन र पीडित पक्षको तर्फबाट वकालत समेत गर्न स्थापित नेपाल जलन फाउन्डेसनको बार्षिक साधारणसभा तथा दोश्रो राष्ट्रिय अधिबेशन किर्तिपुर अस्पताल किर्तिपुरमा सस्थाका अध्यक्ष प्राध्यापक डाक्टर पीयूष दाहालको अध्यक्षता तथा प्राध्यापक डाक्टर शंकरमान राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष अधिवक्ता बाल कृष्ण गैरेको स्वागत मन्तव्य साथ सुरु भएको कार्यक्रममा विभिन्न संघ संस्था बाट आउनुभएका प्रतिनिधिहरुले आफ्नो बिचार राख्नु भएको थियो ।

संस्थाका महासचिव डाक्टर किरण किशोर नकर्मीले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

साथै संस्थाको दोश्रो कार्यकालका लागि अधिवक्ता बाल कृष्ण गैरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत गठन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा डाक्टर किरण किशोर नकर्मी , उपाध्यक्षमा नरदेवी वरिया,महासचिव साधुराम महर्जन ,सचिव लक्ष्मी प्रधान नगरकोटी र कोषाध्यक्षमा रिना गौचन निर्वाचित हुनुभयो भने अन्य ९ सद्स्य समेत निर्वाचित हुनुभएको छ ।

साथै संस्थाको बिकासका लागि विभिन्न काल खण्डमा योगदान दिनुभएका १०५ जना लाई आजिवन सद्स्यता समेत प्रदान गरिएको छ ।

संस्थाका नव निर्वाचित अध्यक्ष बाल कृष्ण  गैरेले आगामी दिनमा संस्थाले जलनका क्षेत्रमा अझ बढी जागरुक भएर कार्यगर्ने र देश भरका सबै बिधालय स्थानीय निकाय लगायत सरोकारका क्षेत्रमा पुगेर जलन सम्बन्धि सचेतना फैलाउदै र यसको जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्दै अघि बढ्ने जानकारी दिदै जलन फाउन्डेसन नेपालको राष्ट्रिय संजालको बिस्तार पनि आफ्नो कार्यकालमा प्रमुखताका साथ सम्पन्न गर्ने र सचेतनाको पाटोमा अघि बढ्दै सबैलाइ समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जलनका क्षेत्रमा काम गर्ने ब्यक्ति सस्था तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया