अर्जुन सापकोटाको नयाँ गीत सार्वजनिक


लोकगायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन्। शनिबार सार्वजनिक गीत ‘बस्यौ अलक्कै’ मा अर्जुनसँगै गायिका शान्तिश्री परियारको स्वर छ।

यसको भिडिओमा अर्जुन र मोडल गरिमा शर्माले अभिनय गरेका छन्। यी दुईको यो पहिलो सहकार्य हो।

अर्जुनकै संगीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। एचबिएन किस्मतले यसको एरेन्ज गरेका हुन्।

युवकको एकोहोरो प्रेमको कथा गीतमा देखाइएको छ। विशाल घिमिरेको कथा एवं निर्देशनमा भिडिओ तयार भएको हो। भिडिओमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसी पनि देखिएका छन्।

बुद्द थापाको छायांकन रहेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

गायक अर्जुनले आफ्नै युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन्। यसअघि उनका ‘बनकी चरी’, ‘पछयौरी लिस्यो’, ‘दुई दुना चार’, ‘ए ठुली’, ‘डाँडैको टुनी’, ‘पानी परेको’ लगायतका गीत हिट छन्।

प्रतिक्रिया