दुई नाटक’ मञ्चन : नाटकले सिकाईमा सहजता भन्दै विद्यार्थीहरु खुशी


एलिना के.सी, देवचुली, 
नवलपुरको देवचुलीमा मञ्चन भइरहेको दुई नाटक को तेस्रो दिन पनि विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । देवचुली नगरपालिका वडा नं १७ फारममा रहेको बरचुली माध्यमिक विद्यालयमा कार्तिक १९ गते देखि सुरु भएको दुई नाटकको आज मंगलबार तेस्रोे दिन पनि मञ्चन भएको थियो । तेस्रो दिन नवलपुर जिल्लाका ७ विद्यालयका ६ सय १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । देवचुलीको नेपाल नमुना मा.वि केउरेनी, जनज्योति नमुना मा.वि, किड्स होम एकेडेमी गैंडाकोट, ओएसिस बोडिङ्ग स्कुल फारम, रत्नराज्य मा.वि गैंडाकोट, दिव्य एकेडेमी गर्दुवा, कुमारवर्ती आधारभूत विद्यालय दलदलेका विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
ह्याप्पी एफ.एमको आयोजना एवं पोखरा थिएटरको प्रस्तुतीमा नवलपुरमा दोस्रो पटक थिएटरमा नै साहित्यकार भिमनिधि तिवारीको कक्षा ८ मा पढाई हुने ‘अमर पुत्र’ कथा र कक्षा १० मा पढाई हुने ‘घरको माया’ एकाङ्कीलाई नाटकमा रुपान्तरण गरि मञ्चन गरिएको हो । तेस्रो दिन बौदिकालि गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारी, मौलाकालि केबलकार मन्दिरका स्टेशन म्यानेजर सुरज पौडेल लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख अधिकारीले बालबालिकाको शैक्षिक क्षेत्रको गुणस्तरलाई उकाशन ह्याप्पी एफ.एमले खेलेको भूमिका सम्मानीय रहेको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले ‘एक चिहान’ नाटकको सफलता पश्चात नवलपुरमा पुनः ‘दुई नाटक’ को मञ्चन गरिएको बताउनुभएको थियो । उहाँले बालबालिकाले दैनिक पढ्ने पाठ्यक्रममा भएको कथालाई नाटकमा रुपान्तरण गरि मञ्चन गर्दा विद्यार्थीहरुले सरल भाषामा बुज्ने साथै नवलपुरमा नाट्य क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वासका साथ नाटक मञ्चन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण ह्याप्पी एफ।एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो । नाटक हेरेका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा थियटरमा नाटक हेर्न पाउँदा निकै खुशी लागेको र नाटकबाट धेरै कुराको ज्ञान लिन पाइएको बताएका थिए । नाटकबाट गाउँको मायालाई कहिलै पनि भूल्न नसकिने र कला सधैं अमर रहने कुरा सिकाएको बताएका थिए ।
भोलि बुधबार चौथो दिन पनि नाटक मञ्चन हुने छ ।

प्रतिक्रिया