प्रिमियर लिग फुटबलः म्यानचेस्टर युनाइटेडसँग एस्टन भिल्ला पराजित


काठमाडाैं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ ।

एस्टन भिल्ला ४८ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गतकै गएराति भएको खेलमा उल्भ्सले ब्राइटनलाई २–१ ले हराएको छ भने आर्सनलले वेष्ट ब्रुमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, वेष्ट ह्याम एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको छ ।

प्रतिक्रिया