मुख्यमन्त्री राईको विश्वासको मत स्थगित


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको विश्वासको मत स्थगित भएकाे छ ।  प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेशसभा बैठक स्थगित भएको हाे ।

मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । यता विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न  नेकपा एमालेले माग गरेको थियो ।

प्रतिक्रिया