सुनको मुल्यमा सामान्य वृद्धि, तोलाको कति ?


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मुल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोलाको मुल्य ९२ हजार ६०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो अर्थात सोमबार सुनको मुल्य तोलाको ९२ हजार ४०० रुपैंया रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य ९२ हजार १०० रुपैंया रहेको छ । यसैगरी, चाँदीको मुल्य भने स्थिर रही प्रतितोला रही १ हजार २६५ रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

प्रतिक्रिया