प्रदेश १ः मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्। उनले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार नै विश्वासको मत लिने तयारी भएपनि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित भएपछि छलफल अघि बढ्न सकेको थिएन । सभामुखले विप्लव बन्दका कारण बैठक स्थगित भएको जनाएपछि मुख्यमन्त्री राई असन्तुष्टसमेत बनेका थिए ।

तर आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेपछि प्रकृया अघि बढ्ने बताइएको छ । मुख्यमन्त्री राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया